एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम दुर्गाथलीमा सम्पन्न



उत्तम कुमार थापा बझाङ
जिल्लाकाे कृषि ज्ञान केन्द्र बाट आयाेजना गरिएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम सम्पन्न भएको छ ।

बझाङ जिल्लाकाे दुर्गाथली गाउँपालीका वडा नम्बर ५ मा रहेका कृषकहरुलाई नमुना तरकारी गाउँ ३ दिने घुम्ती स्थलगत तालिम सम्पन्न भएको हाे ।

जिल्ला कृषि ज्ञान केन्द्रले आयाेजना गरेको कार्यक्रम भने,महिला दिदीबहिनी लाई लक्ष्यित गर्दै तालिमको अायाेजना गरिएको ज्ञान केन्द्र बझाङले बताएको छ । करिव तीन दिन सम्म सञ्चालन भएको तालिमका अाज समापन भएको हाे । कार्यक्रममा कृषि सम्वन्धि तालिम दिनुको साथै ,कार्यक्रममा कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेक बहादुर बिष्ट प्रमुख अतिथि रहनुभएकाे थियाे भने ,२५ देखि ३० जनालाई तालिम दिएको कर्मचारी सुलचना थापाले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्