कृर्षि

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम दुर्गाथलीमा सम्पन्न

By Saru Sunar

January 07, 2021

उत्तम कुमार थापा बझाङ जिल्लाकाे कृषि ज्ञान केन्द्र बाट आयाेजना गरिएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम सम्पन्न भएको छ ।

बझाङ जिल्लाकाे दुर्गाथली गाउँपालीका वडा नम्बर ५ मा रहेका कृषकहरुलाई नमुना तरकारी गाउँ ३ दिने घुम्ती स्थलगत तालिम सम्पन्न भएको हाे ।

जिल्ला कृषि ज्ञान केन्द्रले आयाेजना गरेको कार्यक्रम भने,महिला दिदीबहिनी लाई लक्ष्यित गर्दै तालिमको अायाेजना गरिएको ज्ञान केन्द्र बझाङले बताएको छ । करिव तीन दिन सम्म सञ्चालन भएको तालिमका अाज समापन भएको हाे । कार्यक्रममा कृषि सम्वन्धि तालिम दिनुको साथै ,कार्यक्रममा कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेक बहादुर बिष्ट प्रमुख अतिथि रहनुभएकाे थियाे भने ,२५ देखि ३० जनालाई तालिम दिएको कर्मचारी सुलचना थापाले बताए ।