कार्यकर्ता रिहाईको माग



जेष्ठ २५ , दाङ । नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव माओवादी’ले निकट अखिल क्रान्तीकारीले पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाईको माग गरेको छ । विहिवार एक विज्ञप्ती जारी गर्दै पक्राउ परेका कार्यकर्ता तथा नेताहरुका तत्काल रिहाईको माग गरीएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादीका केन्द्रिय सदस्य तथा राप्ती व्युरो ईन्चार्ज सुभाष , असल , वन्दु , प्युठान सेक्रेटरी सार्दुल ,अखिल क्रान्तीकारी प्युठानका अध्यक्ष यक्ङ पुन , लगाएत १३ र अखिल क्रान्तीकारी रुकुमका सदस्य हरि विष्ट लगाएतको तत्काल रिहाईको माग गर्दै विज्ञप्ती जारी गरिएको छ । अखिल क्रान्तीकारी राप्ती क्षेत्रिय समन्वय समितिका सचिव हेमन्त जिसी हस्ताक्षर जारी विज्ञप्तीमा यस्तो उल्लेख गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्