डा. केसीको रिहाईको माग गर्दै दवाव अभियान सुरु



सैघाली खबर
काठमाडौं,२५ पुस


अदालतको अपहेलनामा पक्राउ डा. गोविन्द केसीको रिहाईको माग गर्दै दवाव सुरु भएको छ । पक्राउको विरोधमा आज मंगलबार बिहान माइतीघर मण्डलामा प्रदर्शन हुने भएको छ । यसैबीच, नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले केसीको को तत्काल रिहाईको माग गर्दै आन्दोलन गर्ने बताउनुभयो ।

अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतले डा.केसीलाई आज बिहान ९ बजे अदालतमा बुझाउन आदेश दिएपछि प्रहरीले त्रिभुवन शिक्षण अस्पतालस्थित अनसन बसेकै ठाउँबाट केसीलाई पक्राउ गरेको हो। उहाँलाई महानगरीय प्रहरी वृत्त सिंहदरवारमा राख्ने तयारी गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्