चर्चित खेलाडी करिमलाई लाग्यो सेक्स भिडियो देखाई ब्ल्याक मेलिङ गरेको आरोप



सेक्स टेप लिएर ब्ल्याकमेलिङ गर्दै पैसा असुल्न खोजेको आरोपमा रियल म्याड्रिडका स्टार करिम बेन्जेमाले अदालतमा मुद्दा खेप्नुपर्ने भएको छ । बेन्जेमामाथि पाँच वर्षअघि फ्रान्सका समकक्षी भाल्बुएनाको सेक्स टेप लिएर ब्ल्याकमेलिङ गर्दै पैसा असुल्न खोजेको आरोप छ ।

एएफपीका अनुसार बेन्जेमालाई भर्साइल्सका प्रासिक्युटर अफिसले उनको मुद्दा अदालतमा लगिने जानकारी दिए । यद्यपि, कुन मितिमा भने खुलाइएको छैन । यसबारे समाचार प्रकाशित भएपछि बेन्जेमाका वकिलले ब्ल्याकमेलिङको आरोप लगाएर आफ्नो क्लाइन्टमाथि षडयनत्र भइरहेको दाबी गरे ।

ईएफई न्यूज एजेन्सीसँग कुरा गर्दै उनले भने, ‘उनीविरुद्ध मुद्दा चालउने निर्णय अनुचित छ । यस मुद्दामा बेन्जेमाले लाज मान्नुपर्ने केही कुरा छैन ।’ भाल्बुएनाका वकिल पाउल अल्बर्ट इविन्सले भने यो मुद्दा जायज भएको जिकिर गरे । उता, बेन्जेमाले पनि पटक–पटक यस विषयमा स्पष्टिकरण दिँदै आएका छन् ।

उनले भाल्बुएनाले आफूलाई यस मुद्दामा जबरजस्ती तानेको आरोप लगाए । बेन्जेमाले यस प्रकरणमा आफू निर्दोष रहेको बताए पनि यही प्रकरणका कारण उनलाई फ्रान्सको अन्तर्राष्ट्रिय फुटबल टोलीमा समावेश गर्न छाडिएको छ ।

रियल म्याड्रिडमा उत्कृष्ट प्रदर्शन जारी राखे पनि ३३ वर्षीय खेलाडीले फ्रान्सका लागि सन् २०१५ को नोभेम्बर यता कुनै पनि खेल खेलेका छैनन् । त्यसअघि उनले फ्रान्सका लागि ८१ खेल खेलेका थिए ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्