एसईई परीक्षा प्रदेशको सामाजिक विकास मन्त्रालयको नेतृत्वमा



काठमाडौं  । रास्ट्रिय स्तरमा संचालन हुने कक्षा १० को परिक्षा प्रदेश स्तरमा संचालन हुने भएको छ।  माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशस्तरमा सञ्चालन हुने भएको हो । मन्त्रिपरिषद्को सामाजिक विकास समितिमा ८ कक्षाको परीक्षा स्थानीय सरकारले, एसईईको प्रदेश सरकारले र १२ को राष्ट्रिय परीक्षा बोर्डले गर्ने सहमति जुटे पछि सो प्रस्ताव मन्त्रिपरिसदमा लगिएको छ।

सो प्रस्ताव मन्त्रिपरिष बाट पारित भएपछि लागू हुनेछ। अब एसईई परीक्षा प्रदेशको सामाजिक विकास मन्त्रालयको नेतृत्वमा हुनेछ। सचिवको अध्यक्षतामा परीक्षा बोर्ड र प्रदेश शिक्षा निर्देशनालयले प्राविधिक कामका साथ सर्टिफिकेसन र प्रमाणीकरण गर्नेछ भने राष्ट्रिय परीक्षा बोर्डले सहजीकरण गर्नेछ।

संघीय व्यवस्था अनुसार शिक्षाको कार्यान्वयन गर्न संघीय शिक्षा ऐनको प्रस्ताव गरिए पनि हाल ऐन अन्तर मन्त्रालय छलफलमा छ। ऐन लागू भएपछि शिक्षा नीति सोही बमोजिम हुनेछ। अहिलेको प्रस्ताव पनि ऐनको ड्राफ्ट अनुसार नै मिल्दोजुल्दो रुपमा तयार पारिएको छ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ९ को रजिष्ट्रेसन फारम र कक्षा १० (एसईई) को आवेदन फारम भने खुलाइसकेको छ। १६ पुसदेखि २१ माघसम्ममा विद्यालयले विद्यार्थीको रजिष्ट्रेशन र आवेदन फारम भराइसक्न बोर्डले भनेको छ। मन्त्रिपरिषद्बाट पारित हुनासाथ यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) प्रदेशस्तरमा हुनेछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्