आर्थिक

रास्ट्र बैंकले भोलि शनिबार बैंक खुल्ला राख्न निर्देशन

By Thah Online

January 08, 2021

२४ पुस, काठमाडौं । दोश्रो त्रैमास अन्तिम शनिबार भएको कारण सबै बैंक राजस्व संकलनका लागि खुल्ला राख्न आग्रह गरेको छ । भोलि शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले भनेको हो ।

राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु भोलि शनिबार पनि खुला रहने भएका छन् । उक्त निर्देशन पाए संगै सबैले सुचना जारि सकेका समेत छन्। केहि बैंकहरुले शुक्रबार नै सूचना प्रकाशित गरेर भोलि दिउसो बैंक खुला रहने जानकारी गराएका छन् ।