अभिभावक गुमाएका परिवारलाई आर्थिक संकट परेपछि कांग्रेस नेता चौधरीको सहयोग



२४ पौष लहान ।सिरहाको लहान नगरपालिका वडा नम्बर ४ स्थित रहेको डाेम समुदायको ३५ बर्षिय जितेन्द्र मरिक लाई मृत्यु भएका छन्। जोनडिस कमलपित रोगबाट बिगत ४ महिना देखि ग्रसित भएका थिए। उपचारका लागी लहान, बिराटनगर लगायतका ठुल-ठुलो अस्पतालमा भर्ना राखे पनि उपचार संभव नभए पछी २०७७ पौष १० गते राति आफनै घरमा मृत्यु भएका छन्।

 

मरिकको मृत्युपछि उनको छोरा र श्रीमति बिच्चलितमा परेका छन्। स्थानीय काङ्ग्रेस नेता महेश चौधरी र महिला संघ की केन्द्रिय सदस्य संगिता कर्माचार्य ले बिचल्लीका कुरा सुन्दा हतपत श्रीमान र श्रीमती डाेम समुदायको समस्या बुझ्न् बस्तीमा पुगेका थिए ।

मृतक जितेन्द्र मरिकको १ एक काखे छोरा र ३ छोरी छिन ऊनीहरु के खाने भने आमा आभा मरिकलाई चिन्ताको विषय बनेका हुन्।आफुलाई जग्गा जमिन नभए पछि श्रीमान ले ज्याला ज्याला मजदुरी गरेर घर परिवार चलाउथे तर अब श्रीमान गुमेपछि ४ छोरा छोरीलाई कसरी पाल्न पोषन गर्ने चिन्ता छिन्। मृतकको छोरालाई कक्षा १० सम्म निजी विद्यालयमा पढाउने जिम्मा काङ्ग्रेस नेता महेश चौधरी र संगिता कार्माचार्यले लिएका छन् ।

 

मृतकको सम्पुर्ण क्रिया खर्च र शुक्रबार २०० सय जना लाई भोजखुवाउने कार्यक्रम रहेको छ भोजको सम्पुर्ण खर्च नेता चौधरी र कर्माचार्यले बेहोर प्रतिबध हुनुभएको छ । मृतक परिवारलाई समाजिक रूपमा भोज गर्न मान्सिक दबाब दिएका छ्न । यदि हामीले समाज लाई भोज कुवाएन भने हाम्रो समाजले आउने दिनमा हाम्रो छोरा,छोरीलाई भोज खान बाट बन्चित गर्ने मृतकको श्रीमती आभा मलिकले पत्रकार हरुलाई दुखेसो सुनाएका थिए । मृतकका श्रीमतीले चौधरी र कर्माचार्यलाई धन्यवाद दिएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्