बालवालिकाको स्वास्थ्य परिक्षण



सैघाली खबर,
तुलसीपुर २५ पुस ।

असहाय वाल विकास केन्द्र नेपाल दाङमा रहेका बालवाललिकाको स्वास्थ्य परिक्षण गरिएको छ । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उनीहरुको स्वास्थ्य परिक्षण गरिएको हो । अत्यधिक चिसोका कारण हुन सक्ने स्वास्थ्यमा समस्या देखिन सक्ने भन्दै स्वास्थ्य परिक्षण गरिएको हो । केन्द्रमा रहेका १५ जना बालबालिकाका स्वास्थ्य परिक्षण गर्दा २ वटामा छालाको समस्या, एउटा बच्चामा दाँतको समस्या, १ जनामा मानसिक समस्या र २ जनामा सुकेनासको लक्षण देखिएको अध्यक्ष बिष्णु चौधरीले जानकारी दिए ।

स्वास्थ्य परिक्षण गर्न तुलसीपुरका व्यबसायी शिब पुरी र मानब परोपकार तथा समाज कल्यान केन्द्रका अध्यक्ष जनक खरालले आर्थिक सहयोग गरेका थिए । त्यस्तै अस्पताल पु¥याउन राप्ती लाईफ केयेर अस्पतालले एम्बुलेन्स सहयोग गरेको थियो ।

साथै स्वास्थ्य परिक्षा गर्न सहयोग गर्ने तुलसीपुरका ब्यबसायी शिब पुरी, जनक खराल, अस्पताल सम्म पु¥याउन एम्वुलेन्स उपलब्ध गराउने राप्ती लाईफ केयेर हस्पिटललाई अध्यक्ष बिष्णु चौधरीले धन्यवाद ज्ञापन गरे । उनले यस्तै सहयोगले गर्दा नै सामाजिक काममा हौसला प्रदान गरेको बताए । आउँदा दिनमा पनि सहयोगको अपेक्षा गरेको अध्यक्ष चौधरीले बताए ।

असहया वालविकास केन्द्रमा अहिले १५ जना वालवालिका बस्दै आएका छन् । उनीहरुलाई पालन पोषण गर्नुका साथै शिक्षा, स्वास्थ्यको हेरचाह गर्दै आएको छ ।

यस्तै हाम्रो न्यानो नेपाल र दाङ युनिटिले वालवालिकालाई शिरक डसना वितरण गरेको छ । वालवालिकालाई जाडो समय सहज होस भनी डसना वितरण गरिएको हो ।​

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्