तुलसीपुर, २४ पौष । प्रचण्ड–माधव नेतृत्वको नेपाल कम्युनिष्ट पाटी नेकपाले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । संसद विघटन विरुद्ध दोस्रो चरणको आन्दोलनमा उत्रिएको प्रचण्ड–माधव पक्षले देशव्यापी कार्यक्रम अन्र्तगत दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई ज्ञापन पत्र बुझाएका छन् ।संसद भंग गर्ने प्रधानमन्त्रीको निर्णयको विरोध गर्दै पुर्व घोषित कार्यक्रम अनुसार दाङ सहित देशभर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाईएको हो ।विरोधपत्रमा प्रधानमन्त्रीलाई संविधानको पुस्तकसमेत दिईएको र राष्ट्रका नाममा क्षमायाचनासहित गलत कदम सच्चाउन अनुरोध गरिएको छ ।
ज्ञापन पत्र बुझाउन विघठित संसद सभा सदस्य मेटमनी चौधरी ,हिराचन्द्र केसि , नेकपाका केन्द्रीय सदस्य एव दाङका इन्चार्ज जीवन गौतम , नेकपा दाङका अध्यक्ष टिकाराम खडका ,नेकपा दाङका सचीव सुवास पुन लगाएत नेकपामा नेता तथा कार्यकर्ताहरु जुलुस सहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी आचार्यले सम्वन्धित ठाउँमा पत्र पु¥याईदिने बताएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।