जापानमा संकटकाल घोषणा ,कारण के होला ? कति सम्म हुदैछ….



पुस २४, काठमाडौँ    |  जापानमा संकटकाल घोषणा भएको छ। कोभिड-१९ को संक्रमणलाई नियन्त्रण गर्न जापान सरकारले संकटकाल घोषणा गरेको हो |जापानका प्रख्यात शहरहरुमा कोभिड १९ को प्रभाबका कारण आपतकालीन रुपमा यस्तो घोषणा गरिएको हो। आज देखि लागु हुनेगरी टोकियो, कानागावा, साइतमा र चिबा प्रिफेक्चरहरूमा एक महिने संकटकाल घोषणा गरेको हो |

जापानका प्रख्यात शहरहरुमा कोभिड १९ को प्रभाबका कारण आपतकालीन रुपमा यस्तो घोषणा गरिएको हो। जापानमा रहँदै आइरहेका र आपतकालीन रुपमा संकटकाल लागु गरिएका शहरमा त्यहाँ रहेको नेपालीहरुलाई नेपाली दुतावासले नियम कानुन भन्दा माथि नजान आग्रह गरेको छ। संकटकालीन समयमा लागू हुने सम्पूर्ण नियम कानूनहरू एवं सरकारले गरेका अनुरोधहरूको पालना गर्न नेपालीहरुलाई जापान स्थित नेपाली दूतावासले अनुरोध गरेको हो | त्यस्तै संकटकाल नभएका स्थानहरुमा बसोबास गर्ने नेपालीहरुलाई कोभिड-१९ बाट जोगिन आवश्यक सुरक्षा सतर्कता अपनाउन भनेको छ |

अधिकृत वारेशनामा, राजदूतावासमा स्वयं उपस्थित भई हस्ताक्षर प्रमाणीकरण गर्नुपर्ने भएमा मात्रै व्यक्ति स्वयं अनिवार्य रुपमा राजदूतावासमा उपस्थित हुनुपर्ने छ |अत्यावस्यक कामका लागि दुतावासले समय तोकेको छ , दूतावासका अनुसार यसरी उपस्थित हुँदा सेवाग्राहीले अपरान्ह १ बजे भित्र पुग्नुपर्ने छ |

पासपोर्ट नविकरण, बच्चाको नयाँ पासपोर्ट, ट्राभल डकुमेन्ट, ड्राइभिङ लाइसेन्स, अविवाहित प्रमाणपत्र, नाता सम्बन्ध प्रमाणपत्र, जन्म दर्ता प्रमाण पत्र. शैक्षिक प्रमाणपत्र प्रमाणीकरण लगायतका लागि सेवा सेवाग्राहीलेआवश्यक कागजातहरु हुलाक मार्फत मात्र पठाउन दूतावासले अनुरोध गरेको छ |

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्