Banner Third

आधिकारिक म्यान पावरको बैंक खातामा मात्र रकम जम्मा गर्नुपर्ने

By Thah Online

January 08, 2021

पुस २४ , काठमाडौं  ।बैदेशिक रोजगारमा रहेका हरुका लागि रोजगार विभागले खाता अनिवार्य गर्नुपर्ने बताएको छ। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारमा जान छनौट भएका व्यक्तिहरुलाई आफू जान लागेको कामको लागि तिर्नुपर्ने रकम सम्वन्धित म्यापावर कम्पनीको बैंक खातामा मात्र जम्मा गर्न र त्यसको भौचर सुरक्षित राख्न अनुरोध गरेको छ । विभागले सूचना जारी गर्दै म्यानपावर कम्पनीहरुलाई पनि श्रमिकबाट लिने प्रवद्र्दन खर्च लगायतको रकम संस्थाको बैंक खाता मार्फत मात्र लिन पनि अनुरोध गरेको हो ।

विभागले वैदेशिक रोजगारमा जान लागेका व्यक्तिलाई अन्तर्वार्तामा छनौट भएपछि मात्र सम्वन्धित म्यानपावर कम्पनीलाई सक्कल राहदानी –पासपोर्ट) लगायतका आवश्यक कागजात बुझाउन र त्यस्ता कागजातहरुको प्रतिलिपि वा स्क्यान कपी सुरक्षित राख्न पनि आग्रह गरेको छ ।

त्यसैगरी विभागले इजापत्रवाला वा म्यानपावर कम्पनी बाहेक अन्य कसैसँग वैदेशिक रोजगार सम्बन्धी व्यवहार नगर्न तथा कसैले आफु म्यानपावर कम्पनीसँग सम्वद्ध रहेको भनेमा विभागको वेबसाइट हेरी एकिन गर्न आग्रह गरेको छ । त्यस्तै विभागले अनलाइनमार्फत श्रम स्वीकृति नवीकरण गराउन आग्रह गर्दै अनलाइन गर्दा पासवर्ड बिर्सिएमा विभागको अनलाइन प्रणालीमा गई पासवर्ड प्राप्त गर्न सूचित गरेको छ ।