डा. केसीलाई सर्वोच्चमा उपस्थित गराइयो, बहस सुरु



सैघाली खबर,
पुस २५, काठमाडौं

अदालतको मानहानीमा पक्राउ गरिएका वरिष्ठ चिकित्सक डा। गोविन्द केसीलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ। डा। केसीलाई मंगलबार विहान साढे ९ बजे सर्वोच्च अदालतमा उपस्थित गराइएको हो। साढे १० बजेदेखि डा। केसीको मुद्दामा बहस शुरु भएको छ। डा। केसीको तर्फबाट अधिवक्ता ओमप्रकाश अर्याल र अधिवक्ता डा। सुरेन्द्र भण्डारीले बहस गर्ने भएका छन्। सर्वोच्च अदालतले सोमबार अनशनमा बस्न लागेका डा। केसीलाई अदालतको अपहेलना मुद्दामा पक्राउ गरी गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको थियो। अदालतको आदेशअनुसार सोमबार साँझ ८ बजे केसीलाई अनशन स्थल त्रिवि शिक्षण अस्पतालबाट प्रहरीले पक्राउ गरेको थियो।
thahakbr

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्