प्रदेश समाचार

अनेरास्वबियुका विद्यार्थी नेता शाही भन्छन्- जनता सुर्य चिन्हमा मतदान गर्न आतुर छन्

By Saru Sunar

January 08, 2021

खगेन्द्र अवस्थी , कैलाली

नेकपा ओली समूहले शुक्रबार धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली अर्को नेकपाका नेता भीम रावलमाथि खनिएका छन्।

प्रचण्ड–नेपाल समूहका सुदूरपश्चिम ईन्चार्ज भीम रावलका कारण प्रदेशको विकास नभएको ओलीको आरोप छ।

धनगढीको जनसभालाई सम्बोधन गर्ने क्रममा प्रम ओलीले आफु १४ वर्ष जेल बसेको विषय उल्लेख गर्दै भने, ‘अछामको एउटा केटो म जेल बसेको बेला बोटोमा हिँड्दा हिँड्दै पुलिसले समातेर ल्याएछ र भेटाएर मैले राजनीतिकरण गरेको थिए। अहिले त कुराकानी सानातिना छैनन्। मान्छे भन्दा कुरा ठूला। नानी भन्दा नाना ठुलो। मान्छे भन्दा कुरा ठूला। यस प्रदेशको विकासको समस्या हुन् ती मान्छे। अब त्यो समस्या समाधान भएको छ।’ सुर्य चिन्ह कस्को भनेर अझै टुङ्गो नलागेकोले बिधार्थी नेता आक्रोशमा देखिन्छन। जनता सबै को बिस्वास भरोसा भनेकै सुर्य चिन्न भयकाले नेकपा को आन्तरिक पाटि को बिबाध समय मै पाटिका नेता हरुले समयमै मिलायर बस्नु  आबस्यक  रहेको भनेर जिल्ला कमिटि सदस्य नेता सनेश शाहिको भनाई रहेको छ।