अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द



ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट (@realDonaldTrump) सधैंका लागि बन्द गरिदिएको छ ।ट्रम्पका ट्वीटले अमेरिकामा हिंसा भड्किएको भन्दै ट्वीटरले उनको अकाउन्ट सधैका लागि बन्द गरिदिएको हो।यसअघि केही समयका लागि मात्रै प्रतिबन्ध लगाएको उनको एकाउन्ट सधैंका लागि बन्द भएको हो

अकाउन्ट बन्द हुनुअघि ट्रम्पले ट्वीट गर्दै नवनिर्वाचित राष्ट्रपति जो बाइडनले पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रममा नजाने जनाएका थिए ।

नयाँ राष्ट्रपतिको शपथग्रहण समारोहमा निवर्तमान राष्ट्रपति उपस्थित भएर औपचारिक बधाई दिने लोकतान्त्रिक परम्पराविपरीत ट्रम्पले शुक्रबार ट्वीटरमार्फत् उक्त कार्यक्रममा नजाने जानकारी दिएका थिए। यसलाई ट्रम्पको अर्को अलोकतान्त्रिक आचरणका रूपमा लिइएको छ।

उपराष्ट्रपति माइक पेन्स भने शपथग्रहण समारोहमा उपस्थित हुन्छन् कि हुन्नन् यकिन छैन। उनले आफू समारोहमा जान इच्छुक रहेको जनाएका छन्।

ट्रम्पका समर्थकद्वारा बुधबार संसद भवनमा भएको हमलापछि नयाँ राष्ट्रपति बाइडनको शपथग्रहण कडा सुरक्षाबीच हुने अनुमान गरिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्