पोर्चुगलमा भयानक घटना, अकालमा नेपालीको ज्यान गयो



२५ पुष , काठमाडौं    । पोर्चुगलमा दुइ नेपालीको यहि हप्ता ज्यान गएको छ।   अङ्ग्रेजी वर्ष २०२१ शुरूवात भएको पहिलो हप्ता पोर्चुगलमा रहेका नेपालीको लागि दुखद् भएको छ । त्यहा‘ वैदेशिक रोजगारी र अध्ययनका क्रममा रहेका दुई नेपालीको ज्यान गएको हाे । रोजगारीको क्रममा रहेका बझाङका २७ वर्षीय दिनेशकुमार कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको होस्टेलबाट हाम फालेर आत्महत्या गरेका छन् ।

पोर्चुगललाई कर्मथलो बनाउँदै आएका कुँवरको शुक्रबार नेपाल फर्किने तयारी थियोे । उनले आमाका नाममा स्टाटस लेखेर आफु बस्ने होस्टेलको चौथो तलाबाट हाम फालेको बताइएको छ । फेसबुकमा उनले ‘मिल्ने भए दुःख हटाइ खुशी किन्थेँ आमा, आफ्नो को हुन् पराइ को हुन् सबै चिन्थेँ आमा’ भनी लेखेका छन् ।

होस्टेलको चार तलाबाट हाम फाल्दा कुँवरको घटनास्थलमै मृत्यु भएको हो ।
पोर्चुगाली प्रहरीले एउटै होस्टेल कोठामा बसेका साथी र परिवारका सदस्यलाई आत्महत्या गर्ने आफ्नो बोली अन्तिम भनेर भनेपछि कुँवरले साथी भान्सा कोठामा गएको मौका छोपी हामफालेको बताएको छ ।

त्यसअघि यसै हप्ता कोरोनाका कारण पोर्चुगलमै तारादेवी परियारको निधन भएको छ । सोलुखुम्बू घर भएकी परियार विगत एक वर्षदेखि पोर्चुगल रहेकी थिइन् । परियार घरमा ग्यास पड्केपछि घाइते भएकी थिइन् । परियारलाई उपचारका क्रममा कोरोना पोजिटिभ देखिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्