‘रक्तदान, जीवनदान भनि कुनै पनि कुराको ख्याल नगरी रक्तदान गर्नुहुदैन, यी ९ कुरालाइ ध्यानदिनु पर्छ



‘सैघाली खबर,
रक्तदान, जीवनदान ।’ अर्थात यो पुण्यको काम हो । अर्को यर्थाथ के पनि हो भने, रगत दिएर हाम्रो शरीरले केहि गुमाउँदैन । रगत दिदैमा शरीरलाई हानी हुँदैन । बरु फाइदा छ । अध्ययनहरुमा पाइएको छ कि, रक्तदान गर्दा कतिपय रोग लाग्न पाउँदैन । यसले हृदयघात, मधुमेह, क्यान्सरको जोखिम कम गर्छ । कोलोस्टोर तथा आइरनको मात्रा नियन्त्रण हुन्छ ।

रगत यस्तो तरल पदार्थ हो, जसले शरीरका कोशिकारुलाई आवश्यक पोषक तत्व तथा अक्सिजन पुर्‍याउने काम गर्छ । तर, जब रगत खराब हुन्छ वा रगतको कमी हुन्छ, शरीरमा रोगले जन्म लिन्छ । शरीर जीर्ण हुन्छ । रगतको कमीका कारण विश्वभर वर्षेनी लाखौंको ज्यान गइरहेको हुन्छ ।

 

सन् १९७० यता हरेक वर्ष जनवरी महिनालाई रक्तदाता महिनाका रुपमा मनाउने गरिएको छ । एक अनुसन्धानमा पाइएको छ कि रक्तदानका थुप्रै फाइदा हुन्छन् ।

यहाँ रक्तदानसँग जोडिएका केहि महत्वपूर्ण तथ्यहरु प्रस्तुत गरिएको छ ।

१। एक व्यक्तिको शरीरमा औसत १० युनिट अर्थात ५(६ लिटर रगत हुन्छ ।

२। रक्तदानमा केवल १ यूनिट रगत लिइन्छ ।

३। कहिले काहिँ केवल एउटा कार दुर्घटनामा १०० यूनिट रगतको आवश्यकता पर्छ ।

४। एक पटक रक्तदान गरेर हामीले ३ जना व्यक्तिहरुको जिन्दगी बचाउन सक्छौं ।

५। ओ नेगेटिभ ब्लड ग्रुपलाई यूनिभर्सल डोनर मानिन्छ । यसलाई कुनै पनि ब्लड ग्रुपको व्यक्तिलाई दिन सकिन्छ ।६। आपतकालिन समयमा जब कुनै नवजात शिशु वा अन्य व्यक्तिलाई रगतको आवश्यकता हुन्छ तर, ब्लड ग्रुप थाहा हुँदैन भने उसलाई ओ नेगेटिभ ब्लड दिन सकिन्छ ।

७। ब्लड डोनेसनको प्रक्रिया निकै सरल हुन्छ । रक्तदातालाई कुनै समस्या हुँदैन ।

८। हामी १८ वर्षदेखि ६० वर्षको उमेरसम्म रक्तदान गर्न सक्छौ ।

९। रक्तदाताको तौल, मुटुको धड्कन, उच्च रक्तचाप, शरीरको तापक्रम आदि कुराहरु सामान्य पाइएपछि मात्रै डाक्टर वा ब्लड डोनेसन टीका सदस्यले रगत निकाल्छन् ।

१०। पुरुषले ३ महिना तथा महिलाले ४ महिनाको अन्तरालमा नियमित रक्तदान गर्न सक्छन् ।

११। सबैले रक्तदान गर्न सक्दैनन् । यदि तपाईं स्वस्थ हुनुहुन्छ, कुनै प्रकारको बिमारी छैन भने मात्रै तपाईंको रगत निकालिन्छ ।

१२। यदि रक्तदानपछि तपाईंलाई रिंगटा लाग्ने, पसीना आउने, वजन कम हुने वा अन्य कुनै समस्या लामो समयसम्म रह्या भने भविष्यमा रक्तदान नगर्नु राम्रो हुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्