अन्तरजातीय प्रेममा आधारित वेब सिरिज `तिरस्कार´ चाडै प्रदर्शन हुने



 

सदाबहार मिडिया प्रालिको ब्यानरमार्फत तयार गरिएको `तिरस्कार´ नामक वेब सिरिजको शुक्रबार छायांकन सम्पन्न भएको छ ।
अन्तरजातीय प्रेममा आधारित रहेर निर्माण सुरु गरिएको वेब सिरिजलाई सुबिन विश्वकर्माले लेखेका हुन् भने निर्देशन पनि संयम् विश्वकर्माको रहेको छ ।

वेब सिरिजमा गणेश राउत, मेनुका प्रधान, पल्लवी परियार, मिलन विश्वकर्मा, अवियोग राई, छबिना मगर, विक्रम कर्ण, लक्ष्मण खनाल, रोहिता भट्टराई, सुरक्षा कार्की, तारा लिम्बू, ललिता प्रधान, सुरेश कार्कीढोली लगायतका कलाकारको मूख्य भूमिका रहनेछ । सिरिजमा आर.बि. भिडियो सेन्टरको क्यामेरा तथा सम्पादन हुनेछ भने दिवान सिंह राई सल्लाहकार निर्देशकका रुपमा रहनेछन् ।

यस वेब सिरिजमा परम्परागत संस्कारको रुपमा रहेको जातीय विभेद, छुवाछूत र अन्तरजातीय प्रेम सम्बन्धलाई उतारिएको छ । आधुनिक नेपाली समाजका युवाहरु अन्तरजातीय प्रेमलाई अंगाल्न सकिहाल्ने अवस्था नभइसकेको र पारिवारिक उतारचढाव पार गर्न पर्ने स्थितिलाई वेब सिरिजले देखाउने छ ।

यसै अवसरमा २१औं शताब्दीमा जातीय विभेदका विरुद्ध आफूहरूले सानो प्रयास गर्न खोजेको निर्देशक विश्वकर्माको भनाई छ । उनका अनुसार चाडै सम्पादनको काम सकेर युट्युबबाट सार्वजनिक गरिने छ ।

वेब सिरिजको निर्माण बराहक्षेत्र ७ स्थित बांगेबजार निवासी सुरज राइले गरेका हुन् । उनी बांगेबजारमा एमिया ग्रिल, आल्मुनियम एन्ड स्टिल हाउस तथा बराहक्षेत्र ३ मा टर्की, बट्टाई, बतकको व्यापार गर्दछन् ।

भर्खरै स्थापना भएको सदाबहार मिडियाले यस्अघि `सर्वाधिक पुरस्कार भएको राष्ट्रिय टिकटक प्रतियोगिता २०७७´ भब्यताका साथ सम्पन्न गरिसकेको छ । समाजलाई प्रत्यक्ष वा परोक्ष प्रभाव पार्ने सम्पूर्ण कुराहरुलाई नौलो प्रस्तुति दिन रुचाउने मिडिया प्रालिले आगामी दिनहरुमा समेत भिन्न कार्य गर्ने अध्यक्ष तथा प्रधानसम्पादक बिजय राउतको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्