टप फिचर

आदर्श नमुना माबि देउपुरको अध्यक्षमा चौधरी

By Thaha - Online

January 09, 2021

दाङ । आदर्श नमुना माध्यमिक बिद्यालय देउपुरको अध्यक्षमा ज्ञान प्रसाद चौधरी सर्बसहमती बाट निर्बिरोध चयन भएका छन् ।

लमही नगरपालिका वडा नम्बर ६ स्थित बिद्यालयमा सनिबार सम्पन्न अभिभाबक भेलाले चौधरीको नेतृत्वमा नया बिद्यालय ब्यबस्थापन समिति गठन गरेको हो । जसको सदस्यहरुमा निर्मला चौधरी, कर्ण बहादुर पुन, बिनोद चौधरी, शारदा खड्का र मनोनित सदस्यमा अनिता शर्मा चयन भएका हुन् ।

भेलालाई संबोधन गर्दै प्रदेश सभा सदस्य सांसद रेवतीरमण शर्माले मुलुक परिबर्तनका लागि शिक्षा अपरिहार्य रहेकाले गुणस्तरिय शिक्षा प्रदानका लागि सबै लाग्नुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शर्माले विद्यालयले शैक्षिक जनशक्ति उत्पादनमा लगानी अनुसार प्रतिफल प्राप्त गर्न सक्नुपर्नेमा जोड दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशमबहादुर खड्काको अध्यक्षता तथा सांसद शर्माको प्रमुख आतिथ्यता एबम् लमही नगरपालिकाकि उपप्रमुख देवका बेलबासेको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

अभिभावक भेला उद्घाटन कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष गणेशमान चौधरी, लमही नगरपालिका वडा नं. ३ का अध्यक्ष बाबुराम चौधरी, लमही नगरपालिका शिक्षा शाखाका बिद्यालय निरीक्षक भवानी गिरि, शिक्षक अभिभावक संघ का अध्यक्ष शिवलाल पन्थी, बुद्धिजीवी शिक्षा प्रेमी बसन्त राज शर्मा, शिक्षक अभिभावक संघका पुर्व अध्यक्ष बिर बहादुर केसी, पुर्व–प्रधानाध्यापक शशिधर ज्ञवाली, शिक्षा प्रेमी दिलिप राज खनाल लगायत शुभकामना मन्तव्य राखेका थिए । विद्यालयका प्रधानाध्यापक शिवहरि पोख्रेलको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन बिद्यालयका शिक्षक कुलचन्द्र पौडेलले गरेका हुन ।