प्रदेश ३

अन्दाजी ४५ वर्षी पुरुष मृत फेला, परिचय खुल्न सकेन

By थाहा अनलाइन

January 10, 2021

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङमा आज बिहान अन्दाजी ४५ वर्षीय एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार शवको हाल सनाखत हुनसकेको छैन ।

बिहान स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हाल घटनास्थलमा प्रहरी प्रवक्ता रानासहितको टोली पुगिसकेको र शवको मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।