शीतलहरबाट प्रभावित २२ यी जिल्लामा सवा २ करोड राहत



सैघाली खबर,काठमाडौं, २५ पुस।,गृह मन्त्रालयले शीतलहरबाट प्रभावित तराईका २२ जिल्लाका लागि दुई करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ । प्रतिजिल्ला १०–१० लाखका दरले दाउरा र कम्बल किनेर वितरण गर्न जिल्ला विपत् व्यवस्थापन समितिलाई रकम विनियोजन गरिएको हो । शीतलहरबाट सबैभन्दा धेरै बाढीपीडित, अस्थायी आवासमा बसेका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् ।झापा, सुनसरी, मोरङ, सप्तरी, उदयपुर, सिराह, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी ९पूर्व०, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर जिल्लाका शीतलहर प्रभावित सर्वसाधारणलाई राहत वितरण गरिने गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्माले बताए । शीतलहर प्रभावित सर्वसाधारणका लागि आवश्यक दाउरा टिम्बर कर्पोरेसन अफ नेपाल र जिल्ला वन कार्यालयले उपलब्ध गराई वितरण गरिने भएको छ ।

एक साता अझै चिसो नघट्ने
सुक्खा वायुका कारण अझै एक साता चिसो नघट्ने भएको छ । गत शनिबारदेखि बढेको चिसोका कारण उपत्यकालगायत देशभरको जनजीवन प्रभावित भएको छ । एक सातासम्म चिसो नघटे पनि बढ्ने सम्भावना भने एकदमै कम रहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।nayapatrika

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्