२६ पुस, काठमाडौं ।आज दिउँसो हुने राष्ट्रिय सभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्न लागेका हुन्।
सम्बोधनको कार्य सुची भने नरहेको स्रोतले बताएको छ। राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रधानमन्त्रीले सभामा सम्बोधन गर्ने तय भएको पुष्टि गरेका छन् । उनले दिउँसो १ बजे सम्बोधन गर्ने छन् ।
आजको राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीले सम्बोधन गर्ने उल्लेख गरिएको छैन । तर, प्रधानमन्त्री ओलीले आफैं राष्ट्रिय सभामा आउँछु भनेपछि सम्बोधनका लागि समय तय गरिएको स्रोतले बताएको छ ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रिय सभामा पनि असंवैधानिक कदम भन्दै विरोध भैरहेको छ । यसैबीचमा उनले आज राष्ट्रिय सभालाई सम्बोधन गर्न लागेका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।