आधिकारीक पार्टी हामी नै हौं, सूर्य चिन्ह हाम्रै हो : योगेश भट्टराई



२६ पुस, सुर्खेत ।सुर्खेतमा युवाहरुले गरेको भेला लाइ सम्बोधन गर्दै योगेश भट्टराईले नेकपा हाम्रै हो , सुर्य चिन्ह हाम्रै हो भनि दाबी गरेका छन्। नेकपा (प्रचण्ड–माधव) सूमहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिस्ट आन्दोलनमा गद्दारी गरेको आरोप लगाएका छन् ।

आइतबार सुर्खेतको वीरेन्द्रनगमा प्रचण्ड–माधव समूहका युवाहरुले आयोजना गरेको भेलालाई सम्वोधन गर्दै नेता भट्टराईले प्रधानमन्त्री ओलीले आफनो व्यक्तिगत स्वार्थका लागि कम्युनिस्ट एकतामाथि नै गद्दारी गरेको आरोप लगाएका हुन् ।

‘ओलीले व्यक्तिगत स्वर्थका लागि कम्युनिस्ट आन्दोलनलाई नै विभाजन गर्न खोजेका छन्, इतिहासमा यस्ता नेता आउँछन् जान्छन्,’ उनले भने, ‘कमरेड ओलीलाई यादहोस्, हिजो केशरजंग रायमाझीले गद्दारी गर्दा कम्युनिस्ट आन्दोलन झनै एकताबद्ध भएको थियो ।’

नेता भट्टराईले यतिबेला मुलुक गम्भीर मोडमा पुगेको भन्दै युवाहरुलाई विवेक पुर्‍याउ आग्रह गरे ।
‘म यूवाहरुलाई आग्रह गर्न चाहन्छु, तपाईंको जन्म ओली र प्रचण्ड–माधवका लागि भएको हैन्, विवेक पुर्‍याउनुहोस्, सही गलत छुट्याउनुहोस्,’ उनले भने, ‘तपाईंको नेताले गद्दारी गर्छ र, त्यसैलाई जिन्दावाद भन्दै हिड्ने तपाईं कस्तो युवा ?’

उनले थपे, ‘साथीहरु, यो मुलुककै लागि जीवन र मरणको लडाइँ हो । लेखेर राख्नुस् चुनाव हुँदैन । चुनाव भएन भने, प्रतिनिधिसभा र संविधान असफल भयो भने, मुलुकलाई विखण्डन गर्न चाहाने, संघीयता विरोधी शक्तिहरु सल्बलाउँछन् र मुलुकलाई ठूलो यूद्धमा धकेल्ने कू चेष्टा हुनसक्छ ।’

दलसम्बन्धी व्यवस्था अनुसार निर्वाचन आयोगले आफूहरुलाई नै चुनाव चिन्ह सूर्य दिनेमा ढुक्क रहेको नेता भट्टराईले बताए । ‘आधिकारीक पार्टी हामी नै हौं, सूर्य चिन्ह हाम्रै हो,’ उनले भने, ‘म यहीँबाट निर्वाचन आयोगलाई सोध्न चाहान्छु, ४३७ जनाको संख्यामा ३०० संख्या बहुमत हो कि अल्पमत हो ? आयोगले हामीलाइ नै आधिकारीता दिनेमा हामी ढुक्क छौं ।’

उनले समय नबितेको भन्दै प्रधानमन्त्री ओलीलाई गल्ती महसुस गरेर फर्किन समेत सुझाए ।
‘यदि तपाईं प्रयाश्चित गर्नुहुन्छ, गल्ती स्वीकारर्नु हुन्छ र अब फेरी एकताबद्ध भएर जाउँ भन्नुहन्छ भने तपाईं सूर्य चिन्हबाट चुनाव लड्न पाउँनु हुन्छ,’ उनले भने, ‘समय बितेको छैन, अहिल्यै फर्किनुस्, समय बितेपछि फर्किने तपाईंलाई ठाउँ हुँदैन् ।सुर्खेतमा युवाहरुको ठुलो जमात रहेको कार्यक्रममा नेकपाका धेरै नेताहरुको बाक्लो उपस्थित रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्