कञ्चनपुर
धनबहादुर बिक
पुनर्वास, पुस २६
जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकामा जग्गाको स्वामित्व नपाएका सुकुम्बासीहरूले आईतबार नगरपालिका घेराउ गरेका छन ।
जिल्लामा अन्य नगरपालिकाले अव्यवस्थित सुकुम्बासीलाई व्यवस्थापन गर्न पहल गरिसकेको र पुनर्वास नगरपालिकाले सुकुम्बासीहरूको लगत समेत संकलनमा ढिलासुस्ती गरेको भन्दै पुनर्वासका हजारौंको संख्यामा आएका सुकुम्बासीहरूले अाईतवार नगरपालिका घेराउ गर्दै तालाबन्दी गर्ने तयारी गर्दै गर्दा प्रहरी द्वारा अवरोध उत्पन्न गरेपछि सुकुम्बासी र प्रहरी बिच झडप समेत भएको हो ।
चार दशकदेखि अव्यवस्थित बसोबास बस्दै अाएका नगरपालिका वडा नम्बर १ देखि वडा नम्बर १२ सम्मका हजारौं सुकुम्बासी हरू स्वस्फूर्त रूपमा पुनर्वासको ६५ बिघाहमा भेला भई विभिन्न प्लेकार्ड सहित नारावाजी गर्दै आई बि आर डी बजार परिक्रमा गरि नगरपालिका मा प्रवेश गरेको थियो ।
अपरान्ह १२ बजे नगरपालिका मा तालाबन्दी गर्न पुगेका बिरोधकर्ता सुकुम्बासी र प्रहरी बिच पटकपटक झडपको स्थिति उत्पन्न भएको थियोे । झडपमा केही प्रहरीलाई सामान्य चोटपटक लागेको छ भने बिरोधकर्ता सुकुम्बासी केही सर्वसाधारणलाई पनि सामान्य चोटपटक लागेको छ ।
पुर्व निर्धारित कार्यक्रम अनुसार नगरपालिका मा तालाबन्दी गर्न गएका सुकुम्बासी लाई प्रहरीले अवरोध गर्नु संगै नगरपालिका का मेयर जिवनराज थापा , उपमेर सारदा बिष्ट धामि प्रशासकिय अधिकृत लगायत अन्य कर्मचारी हरू अटेर गरि कार्यलय परिसर भित्र नछोडेपछि सुकुम्बासी हरू थप अाक्रोसित बनेका थिए ।
सुकुम्बासी हरूले जग्गाको स्वामित्वको माग का लागि स्थानीय सरकार गठन भएयता पटकपटक गरि ज्ञापनपत्र पेश गरिसकेका छन भने यस अघि दबाब सृजना गर्न पौष २० गते मौन जुलुस प्रदर्शन गरि अाफ्ना माग पूरा नगरिए नगरपालिका मा अनिश्चितकालीन तालाबन्दी गरिने अग्रिम चेतावनी दिई सकेको पुनर्वास संघर्ष समितिका अध्यक्ष जगत सायरले बताए ।
तालाबन्दी पछि पनि माग पूरा नगरिए मा सुदूरपश्चिम प्रदेश मन्त्रालयमा घेराउ गरिने अध्यक्ष सायरले भने ।
निर्वाचन मा सुकुम्बासी लाई मोहोरा बनाई निर्वाचन मा बिजयी हुनेगर्छन तर सुकुम्बासी को जायज माग प्रति जनप्रतिनिधि तथा सरकारले कुनै वास्ता नगरेको सुकुम्बासी संघर्ष समितिका सदस्य गौरिलाल उपाध्यय ले भने । सुकुम्बासी लाई जहिले पनि झुक्याउने काम गरेका छन अब हामी चुप लागेर बस्दैनौ उपाध्याय ले अाक्रोस व्यक्त गरे ।
सुकुम्बासी हरूको आक्रोसित भिड नियन्त्रण गर्न कैलाली कञ्चनपुर बाट थप सुरक्षाकर्मि समेत परिचालन गरिएको थियो । भने अान्दोलन ले उग्ररूप लियपछि कञ्चनपुर प्रहरी प्रवक्ता तथा प्रहरी सहायक उपरिक्षक अमर बहादुर थापा क्षेत्री समेत पुनर्वास पुगेका थिए ।
सांझ ६ बजे नगरपालिका मा थुनिएका नगर प्रमुख उप प्रमुख तथा कर्मचारी हरू लाई प्रहरीको संरक्षणमा उद्दार गरि घर पठाई नगरपालिका मा तालाबन्दी गरिए पछि आन्दोलन शान्त हुनगएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।