डा. केसी सम्बन्धी मुद्दाको पेशी तोकियो, इजलासमा न्यायाधीशद्वय मिश्र र चालिसे



सैघाली खबर,
काठमाडौं, २५ पुस। – अदालतको मानहानी सम्बन्धी डा। गोविन्द केसीको मुद्दाको सुनुवाईका लागि इजलास तोकिएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश गोपाल पराजुलीसहित सबै न्यायाधीशबिच दुईपटकसम्म भएको छलफलपछि डा। केसीको मुद्दा सुनुवाईका लागि न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलास तोकिएको हो । इजलास तोकिएसँगै अदालती प्रक्रिया सुरु भएको छ ।

सर्वोच्च अदालतले गलत फैसला गर्ने गरेको भन्दै डाक्टर केसीले १४ औँ अनशन थालेकै दिन उहाँलाई पक्रन सर्वोच्च अदालतले आदेश दिएपछि प्रहरीले पक्राउ गरेको हो । चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएमको डिनमा डा। शशी शर्मालाई पुनर्वहाली गर्न सर्वोच्च अदालतले आदेश दिएपछि डा। केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा र उहाँले गरेका फैसलाको छानविनको माग गर्दै सोमबार अनशन सुरु गर्नुभएको थियो ।

प्रहरीले सोमबार बेलुका उहाँलाई अनशन बसेकै ठाउँबाट पक्राउ गरेको हो । सर्वोच्चको आदेश अनुसार डा। केसीलाई प्रहरीले मंगलबार बिहान पौने ९ बजे सर्वोच्चमा उपस्थित गराएको हो । मेडिकल शिक्षामा सुधारको माग गर्दै डा। केसी यसअघि १३ पल्ट अनशन बसिसक्नु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्