खुला भलिबलको उपाधी रुकुम पश्चिमलाई



पुस २६ तुलसीपुर दाङ । दाङको तुलसीपुरमा सम्पन्न खुला पुरुष भलिबल प्रतियोगिता २०७७ को उपाधी जिल्ला भलिबल संघ रुकुम पश्चिम ले जितेको छ ।

स्वतन्त्र युवा क्लब तुलसिपुरको आयोजनामा उल्लेख्य दर्शक ले खचाखच भरिएको तुलसिपुर अरनिको मैदानमा संचालित प्रतियोगिता को फाइनल खेलमा सशस्त्र प्रहरी बल न ५ बाहिनी लाई २५-२३,२५-१८ र २५ -१५) को सोझो सेटमा पाखा लगाउदै जिल्ला भलिबल संघ रुकुम पश्चिम ले उपाधी जितेको हो ।

उपाधी संगै उसले नगद ५० हजार,ट्रफि, मेडल तथा प्रमाणपत्र हात पारेको छ । त्यस्तै फाईनलमा पराजित सशस्त्र प्रहरी बल न ५ बाहिनी उपबिजेतामा समित रहदै २५ हजार मा चित्त बुझाउन बाध्य भयो ! त्यस्तै डि.बि.फेसन गार्मेट तृतिय भयो ! उसले नगद १५ हजार जित्यो ! स्थानिय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडी को पहिचान र बिकास मा टेवा पुर्याउने गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा २१ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिता अबधिभर रेफ्री को भुमिका मा भलिबलका रास्ट्रीय रेफ्री हरिश ओलि र भलिबलका सहायक प्रशिक्षक भिम डागी,स्कोरर मा टेवल टेनिस का सहायक प्रशिक्षक केशब प्रसाद श्रेष्ठ, भानु घर्ती लगाएत रहनु भएको थियो । यसैविच प्रतियोगिताको समारोह आयोजक क्लबका अध्यक्ष संदिप गौतमको अध्यक्षता तथा नेपाली काग्रेस यातायात बिभाग केन्द्रीय सदस्य सुरेश हमालको प्रमुख आतिथ्य एवं तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकुद समिती का संयोजक अमर नेपाली माईकल को बिशिस्ट आतिथ्य मा भएको थियो ।

सो अबसरमा प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ सशस्त्र प्रहरी बल न ५ बाहिनी का ललित थापा मगर बेस्ट लिब्रो, रुकुम पश्चिम का सुजन चोखाल बेस्ट सेटर र सुस्ता गाउँपालिका नवलपरासी सुरेन्द्र गुरौ बेस्ट स्पाईकर घोषित भएको प्रतियोगिताका संयोजक एच आर मगर ले जानकारी दिनु भएको छ।  कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेत ले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्