श्रीमती नछुने भएपछि श्रीमानले के गर्ने



महिनावारी (गाउँमा नछुने पनि भनिन्छ) को क्रममा महिलामा विभिन्न शारीरिक र मानसिक परिवर्तन हुने गर्दछ । यो क्रममा महिलाले आफ्नो पुरुष साथीसँग सहयोग र सहानुभूतिको आशा गरेका हुन्छन् । र, आशाअनुरुप नतिजा पाए महिलाहरुको आधा पीडा कम हुने गर्दछ ।

महिनावारीको क्रममा के गर्ने पुरुषले ? बम्बे हस्पिटलकी गाइनोकोलोजिस्ट डा. निरजा पौराणिकरुपमा भनिएजस्तो पुरुषले महिला महिनावारी हुँदा फोहर वा असामान्य गतिविधिको रुपमा व्यवहार गर्नु हुँदैन । महिलाले यो क्रममा किचनमा जान नहुने, खानपिनका वस्तुहरु छुन नहुनेजस्ता कुराको कुनै वैज्ञानिक आधार छैन । पुरुषले आफ्नो महिला साथीलाई कामकाजमा सहयोग गर्ने र उनको मुडलाई बुझेर डिस्टर्ब गर्नुहुँदैन ।

मूडलाई बुझ्नुहोस :
महिनावारी हुँदा महिलामा चिड्चिडापन बढ्ने गर्दछ । उनको मुड बुझेर आपसी सहयोग गर्नुहोन् । तातो पानी दिनुहोस् । महिनावारी हुँदा पेट दुख्नु साधारण कुरा हो । हट वाटर ब्यागमार्फत पेट दुखाईबाट राहत पाउन सकिन्छ । डार्क चकलेट खुवाउनुहोस् । डार्क चकलेटमा पाइने फ्लेवनाइड्सले मूडलाई राम्रो बनाउने गर्दछ । तरकारी र फलफूल खुवाउनुहोस् । केरा, मेवालगायतका फलफूल र हरिया तरकारीले महिनावारीको समस्यालाई कम गर्दछ ।

मसाज गर्नुहोस:
महिनावारीका बेला महिलालाई कम्मर दुख्नेलगायतका समस्या हुने गर्दछ । तपाईंले हल्का हातको मसाजले उनलाई राहत दिनेछ । व्यायाम गराउनुहोस् । हल्काफुल्का व्यायाम वा योगाबाट पेट र ढाड दुखाईबाट राहत प्राप्त हुन्छ । धेरैभन्दा धेरै पानी पिउन लगाउनुहोस् । महिनावारी हुँदा शरीरमा जति पानी हुन्छ, पीडा त्यति नै कम हुने गर्दछ । आराम गर्न दिनुहोस् । तपाईंको साथीलाई महिनावारी हुँदा धेरै काम गर्न नदिनुहोस् । आराम गर्दा समस्या कम हुनेछ ।

चिया–कफी वा मसालेदार खानेकुरा नदिनुहोस् । मसालेदार खानेकुरा र क्याफेनले महिनावारीको पीडालाई बढाउने गर्दछ । डाक्टरलाई भेट्नुहोस् । यदि रक्तश्राव अत्यधिक भइरहेको छ भने डाक्टरलाई भेट्न जानुहोस्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्