चितवन राष्ट्रिय निकुञ्जभित्रको बाटो कालोपत्रे हुने : मेयर ढकाल



चितवन। माडी नगरपालिका मेयर ठाकुरप्रसाद ढकालले चितवन राष्ट्रिय निकुञ्जभित्रको बाटो कालोपत्रे हुने बताएका छन्। रेडियो माडीसँगको कुराकानीमा मेयर ढकालले निकुञ्जको बाटो कालोपत्रे गर्न क्षेत्र विकास कोषबाट ४ करोड रुपैँया बिनियोजन भएको बताएका हुन्।

क्षेत्र विकाश कोषको ४ करोड रकम तथा अन्य लगानी माडी नगरपालिकाले गर्ने गरी आँउदो असार मसान्तबाट काम गर्ने तयारी गरिएको उनले जानकारी दिए।

उनले भने, ‛निकुञ्जभित्रको बाटो कालोपत्रेका लागि काम सुरुवात गर्ने बिषयमा निकुञ्जका वार्डेसमेत उपस्थितीमा छलफल भएको छ।’

कालोपत्रेका लागि दुईदेखि ३ महिना माडी नगरपालिकाका रोलर,ग्रेडरलगायतका सबै उपकरणको प्रयोग गरिने उनले बताए। निकुञ्जभित्रको बाटो कालोपत्रे र बाटो २४ सै घण्टा खु्ल्ला राख्ने सन्दर्भ बनमन्त्रीलाई भेटेको बताउदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत यस विषयमा सकारात्मक रहेका उनले बताए।

मेयर ढकालले वर्तमान राजनैतिक स्थितीका कारण बिनियोजित बजेट फ्रिज हुने गरी सरकार अगाडि बढे योजना सफल हुन नसक्ने आशंका व्यक्त गरे। योजना सफल नभए माडीका सबै जनता लिएर आन्दोलनमा जुट्ने चेतावनी दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्