सैघाली खबर,
काठमाडौं २५ पुस। नेकपा माओवादी केन्द्रले शीर्ष नेताहरुको बैठक डाकेको छ । एमाले–माओवादी एकता संया्जन समितिको बैठक बस्नुअघि माओवादी केन्द्रका शीर्ष नेताहरु बैठक बस्ने भएका हुन् ।
बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा हुने एमाले–माओवादी केन्द्रबीचको एकता संयोजन समितिको बैठकमा पार्टीको तर्फबाट राखिने अडानका विषयमा समान धारणा बनाउन एकता संयोजन समितिमा रहेका नेताहरु बैठक बस्न लागेको माओवादी केन्द्रका एक नेताले बताए । एकता संयोजन समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शीर्ष नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल सहभागी हुनेछन्।
एमाले–माओवादी एकता संयोजन समितिको बैठक अपरान्ह ३ बजे बालकोटस्थित ओली निवासमा बस्दैछ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।