बैदेशिक रोजगार विभागले अग्रिम रुममा रकम नबुझाउन अनुरोध



पुस २७, काठमाडौं |बैदेशिक रोजगार विभागले अग्रिम रुममा रकम नबुझाउन अनुरोध गरेको छ। विभागले म्यान पावर कम्पनीबाट हुने गरेको ठगिका कारण यस्तो सूचना निकालेको हो। म्यानपावर कम्पनीहरुले अग्रिम रूपमा रकम अशुली गर्न थालेको जानकारी पाएपछि वैदेशिक रोजगार विभागले त्यसरी अग्रिम शुल्क नबुझाउन वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई आग्रह गरको हो।

बिभागले गत पुस २२ गते एक सूचना जारी गर्दै वैदेशिक रोजगारमा जान लागेका युवाहरुले अन्तर्वार्तामा छनौट भएपछि मात्र सम्बन्धित म्यानपावरहरुलाई सक्कल राहदानी लगायत आवश्यक कागजातहरुका सक्कलप्रति बुझाउन अनुरोध गरेको छ साथै म्यानपावरहरुलाई समेत यस सम्बन्धमा ध्यानाकर्षण गराएको छ । विभागले म्यानपावर कम्पनीहरुले सीमित माग आएको भन्दै रोजगारमा जान इच्छुकहरुसँग अनुचित रकम उठाउन थालेपछि बैंकमा मात्रै रकम जम्मा गर्न सूचना जारी गरको छ । विभागले अन्तर्वार्ता पास भईसकेपछि मात्र म्यानपावरको नाममा रहेको खातामा सेवा शुल्क जम्मा गर्न भनेको छ ।

सरकारी नीति अनुसार कतार, साउदी अरब, कुवेत, बहराइन, ओमान जाने श्रमिकबाट बढीमा १० हजार रुपैया मात्रै सेवा शुल्क लिन पाइन्छ । मलेसिया र युएई जाने श्रमिकबाट म्यानपावर कम्पनीले सेवा शुल्क लिन पाउदैनन्

तर यो नीतिलाई म्यानपावर तथा वैदेशिक रोजगारमा पठाउनेहरुले टेरेका छैनन् । वैदेशिक रोजगारमा जानेहरुले डेढ लाखदेखि १२ लाखसम्म बुझाएर १० हजार रुपैयाको मात्र रसिद पाएको अवस्था छ ।

वैदेशिक रोजगारमा जाने अधिकांश श्रमिकलाई वैदेशिक रोजगारमा जान चर्को शुल्क तिर्नु पर्दैन भन्ने थाहा हुँदा-हुँदै पनि विदेश जान नपाउने डर तथा बाध्यतामा परेर म्यानपावर कम्पनीलाई पैसा बुझाइरहनु परेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्