Banner First

श्रमिकको मागपत्र प्रमाणिकरण आगामी माघ ११ गतेदेखि सुुरु

By Thah Online

January 11, 2021

साउदी अरेबिया  ।  मागपत्र प्रमारिकरण आगामी माघ देखि साउदी अरेबिया दुतावासले सुरु निर्णय गरेको छ। कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारीका कारण रोकिएको साउदी अरेबियामा रोजगारीका लागि जाने श्रमिकको मागपत्र प्रमाणिकरण आगामी माघ ११ गतेदेखि सुुरु हुने भएको हाे ।

रियाद स्थित नेपाली दूतावासले एक विज्ञप्ती जारी गर्दै लेखेको छ , ” राजदूतावासले यस अघि मिति २०७६ फागुन ४ मा प्रकाशन गरेको सूचना बमोजिम मागपत्र प्रमाणीकरण कार्य अनलाइन प्रणाली (https://demand.nepalembassy.gov.np) बाट मात्र हुने व्यहोरा समेत जानकारी गराइन्छ । मागपत्र प्रमाणीकरणका लागि २४ जनवरी २०२१ भन्दा अघि प्राप्त हुने कागजात उपर कुनै कारवाही गरिने छैन।

कोभिड-१९ संक्रमणको जोखिम कायमै रहेको समयमा साउदी सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकल एवं कोभिड-१९ संक्रमणका कारण साउदी श्रम बजारमा परेको प्रभावका बीच श्रमिकको रोजगारी सुनिश्चिततालाई मध्यनजर गर्दै मागपत्र प्रमाणिकरण कार्यलाई सीमित संख्याबाट सावधानीपूवर्क शुरु गरी आवश्यकताअनुसार चरणवद्द रुपमा विस्तर गर्दै लगिने दूतावासले जनाएको छ।

यसैगरी दूतावासले आगामी मार्च १४ देखि लागु हुनेगरी साउदी अरबले घोषणा गरेको श्रम सुधार योजना लागु हुने भएका कारण सो पश्चात मात्र रोजगारीका लागि आउन पनि अनुरोध गरेको छ।

साथै मागपत्र प्रमाणिकरणसंग सम्बन्धित विषयमा समस्या सिर्जना भई राजदूतावासका अधिकारीसंग भेटघाट गर्नैपर्ने अवस्था आएमा राजदूतावासको इमेल (demandriyadh@gmail.com) वा टेलिफोन नं.०११४६५९७४६ मार्फत् (अपरान्ह २ देखि ४ बजेसम्म मात्र) अनिवार्यरूपमा अग्रिम समय (pre-appointment) लिनुपर्ने छ ।

यस प्रकारको भेटघाटको लागि रोजगारदाता कम्पनीको हकमा मानव संशाधन व्यवस्थापक (HR Manager) वा सो भन्दा माथिको प्रतिनिधि र इजाजतपत्रवाला संस्थाको हकमा संचालक वा प्रमुख स्वयं वा निजको वैदेशिक रोजगार विभागको परिचयपत्र वाहक प्रतिनिधि हुनुपर्ने छ। दूतावासले जारी गरेको सुचनामा उल्लेख गरिएको छ।