सैघाली खबर,
बाँके, २५ पुस– चिकित्साक्षेत्र सुधारको मागसहित आन्दोलनरत डा।गोविन्द केसीलाई पक्राउ गरिएको बिरोधमा नेपालगञ्जमा प्रदर्शन गरिएको छ ।
युवा विद्यार्थीको नेतृत्वमा नेपालगञ्जको विपी चोकमा मंगलबार प्रदर्शन गरिएको हो । अदालतको मानहानी गरेको अभियोगमा सोमबार सर्बोच्च अदालतको फैसलापछि डा। केसीलाई प्रहरीले अनसनस्थलबाटै पक्राउ गरेको थियो ।
बिरोधमा आएकाहरुले अदालतले डा। केसीलाइ्र्र पक्राउ गरेर निन्दनीय काम गरेको बताएका थिए । बिरोधमा उत्रिएका युवा विद्यार्थीले गोविन्द केसीको पक्षमा चर्को नाराबाजी समेत गरेका थिए उनीहरुले तत्काल केसीलाई छोडन समेत माग गरेका छन् ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।