बैदेशिक रोजगार

अन्तर्वार्ता अनिवार्य, श्रम स्वकृति लिन

By Thah Online

January 11, 2021

पुस २७, काठामाडौं । श्रम स्वकृति लिन अनिवार्य अन्तर्वार्ता गर्नुपर्ने भएको छ। विदेशीले नेपालको श्रम स्वीकृति लिनुपुर्व अन्तर्वार्ता दिनुपर्ने भएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले एक सूचना जारी गर्दै माघ १ देखि विदेशीले नेपालको श्रम स्वीकृति लिन अन्तर्वार्ता दिनुपर्ने व्यवस्था गरेको हो ।

कोभिड-१९ को विश्वव्यापी महामारीको कारण असामान्य अवस्थामा श्रम स्वीकृतिका लागि अन्तर्वार्तामा भौतिक रुपमा उपस्थित हुन समस्या रहदै आएकोमा वर्तमान अवस्था सामान्यतर्फ उन्मुख रहेको हूँदा पुर्ववत रुपमा अन्तर्वार्ता लिइने विभागले जनाएको छ । विभागले नेपालमा आबैदेशिक रोजगारका लागि श्रम स्वकृति लिन अनिवार्य अन्तर्वार्ता गर्नुपर्ने भएको छ। काम गर्ने विदेशीको लागि श्रम स्वीकृति दिंदै आएको छ ।