समाचार

पुर्ब वडा अध्यक्ष विरुद्ध जातीय बिभेदको मुद्दा दर्ता

By Thah Online

January 11, 2021

सर्लाही कबिलासी नगरपालिकाका महेश पास्वनले आफु माथी पुर्ब वडा अध्यक्षले जातीय विभेद र अपमान गरेको भन्दै पूर्ब वड़ा अध्यक्ष र नेपाली कांग्रेसका स्थानीय नेता प रामप्रीत ठाकुर विरुद्ध ईलाका प्रहरी कार्यलय हरिपुर सर्लाहीमा जातीय बिभेदको मुद्दा दर्ता गराएका छन् ।

सर्लाही, कबिलासी नगरपालिका वडा न.८ मा स्थानीय सुजित ठाकुरको घरमा छैंठीको लागि निम्तो मान्न गएका महेश पास्वनलाई किन मेरो छेउमा आएर किन कुर्चिमा बसिस दलित पास्वान जाति भएर किन नजिक बस्दै भोज खाएको त सग मेरो हाड , रगत , जिउ समेत छोइन्छ भनी तेरो औकात केहो भन्दै गाली बेइज्जती गरेका थिए । आफ्नो आत्मसंम्मानमा चोट पुगेको र जातीय विभेद गरेकोमा युवाले न्यायको लागि पौष २० गते इलाका प्रहरी कार्यलयमा जाहेरी दिएका थिए । जाहेरी २० गते दिए पनि ७ दिन सम्म पनि दर्ता भएको थिएन । दलित अधिकारकर्मीहरुको निरन्तर प्रयास पछि सोमबार घटना दर्ता भएको छ ।