डा। गोविन्द केसीको यस्तो बयान



सैघाली खबर,
काठमाडौं २५ पुस, । त्रिवि शिक्षण अस्पतालका प्रा। डा। गोविन्द केसीले आफूले नभई प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको अवहेलना गरेको बयान दिएका छन् ।

 

उनको बयान सकिएको छ र, ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा बहस सुरु हुँदैछ ।

डा। केसी का एक वकिलका अनुसार बयानका क्रममा प्रधानन्यायाधीश राजुलीमाथि नै गम्भीर प्रश्न उठाएका छन् । उनले पराजुलीको दुई वटा नागरिकता लिएको, उमेर सच्याएको तथा एसएलसी पास गरे नगरेको प्रश्न उठाएका छन् ।

पराजुलीले आफ्नो भन्जेज्वाइँ नातेदार कहकुल सुवेदीले ६र७ महिनाको अवधिमा रजिष्टार, मुख्य रजिष्टार हुँदै उच्च अदालतको मुख्य न्यायाधीश बनाएर न्यायिक स्वाधिनतामा कुठाराघात गरेको बताए । उनले भनेका छन्, ‘आफ्नो नातेदारलाई ६र७ महिनामा तीन पटक प्रमोसन गर्ने जस्तो अस्वभाविक र अमर्यादित कार्य गर्ने व्यक्ति प्रधानन्यायाधीश जस्तो ओहदामा बस्न मिल्दैन ।’

उनले अघि भनेका छन्, ‘एक सचेत नागरिकको हैसियतले मैले उनको राजीनामा मागेको हुँ । निजले राजीनामा दिनुपर्छ भन्ने मेरो विश्वास हो । अन्यथा न्यापपालिका स्वाधिन र स्वतन्त्र बन्न निजबाट बाधा अवरोध भइरहन्छ ।’

गोपाल पराजुलीले न्यायपालिकाको अस्था, गरिमा र स्वाधिनतालाई चुनौती दिएको भन्दै डा। गोविन्द केसीले बयानमा भनेका छन्, ‘निजबाटै अदालतको अवहेलना भएकाले निजउपर अदालतको अवहेलनामा कारबाही गरि पाऊँ ।’

साथै पराजुली बाहेक सर्वोच्चका अन्य सम्पूर्ण न्यायाधीशको इजलासमा मुद्दाको सुनुवाइ गर्न माग गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्