चैलाही सहकारी सँस्थाको ४४ औ साधारण सभा सम्पन्न



टेकबहादुर पुन,दाङ । चैलाही सहकारी संस्था लिमिटेडको ४४ अौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सँस्थाका अध्यक्ष गोबिन्द रेग्मीको अध्यक्षतामा सम्पन्न सभामा लेखा समिति संयोजक बिष्णु प्रसाद गौतमले आयब्यय २ लाख, ४४ हजार र २ लाख ४९ हजार को आर्थिक प्रतिबेदन प्रस्तुत गरे । सँस्थाका कोषाध्यक्ष नेत्र बहादुर बुढाथोकिको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा उपाध्यक्ष मोहन लाल खत्री, लेखा समिति सदस्य बिष्णु प्रसाद गैरे, सदस्य हरु शोभाकर घिमिरे, हुतासन रेग्मी, गुरुदेब चौधरी, महादेब चौधरी लगायतका बक्ताले बोलेका थिए । सभाले सँस्थाको अर्को भवन निर्माणका लागि अध्यक्ष गोकिन्द रेग्मीकै अध्यक्षतामा ५ सदस्यिय भवन निर्माण समिति गठन गरेको छ । जसको सदस्यहरुमा नेत्र बहादुर बुढाथोकि, रेशम बहादुर खड्का, सोभाकर घिमिरे र गुरुदेब चौधरी रहेका छन् । सँस्थाको हालको भवन कोईलाबास सडकखण्डमा परेका हुनाले नया भवन बनाउनु परेको अध्यक्ष रेग्मीले जानकारी दिए । कार्यक्रमको सञ्चालन रेडियो देउखुरीका स्टेसन म्यानेजर शिबराज खनालले गरेका थिए । देउखुरी क्षत्रको सबैभन्दा पुरानो सँस्था भनेर चिनिने चैलाही सहकारी सँस्थाले रेडियो देउखुरी एफएमको स्थापना गरेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्