टेकबहादुर पुन
पुष२७,दाङ । सोमबार २ सय ९९ अौँ पृथ्बी जयन्ती । आजैका दिन पृथ्बी नारायण शाहको जन्म भएको थियो । र आजैका दिनलाई एकता दिवस भनेर पनि मनाउने गरिन्छ ।
पृथ्बी नारायण शाहको जन्मोत्सबको अबसरमा देशैभरी विभिन्न कार्यक्रम गरि मनाईएको छ ।
राष्ट्र निर्माता तथा एकताको प्रतीक भनेर चिनिने पृथ्बि नारायण शाहको जन्म जयन्ती लमहीमा पनि मनाईएको छ ।
देउखुरी स्थित स्वतन्त्र नागरिक समुहको आयोजनामा पृथ्बी नारायणलाई सम्झिँदै पृथ्बी जयन्ती मनाईएको हो ।
समुहका अध्यक्ष दामोदर पाण्डेयको अध्यक्षता तथा लमही नगरपालिका कि उपप्रमुख देवका बेलबासेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ईश्वरीलाल सुवेदी, पत्रकार लिला शाह, ब्रह्मा कुमारी ईश्वरी बिद्यालयकि प्रमुख उमा गुरुङ, समाजसेवी हरु रेशम बहादुर बिसी, बिन्तिराम यादब, मधु न्यौपाने, देउखुरी उवा संघका पुर्ब अध्यक्ष शोभाकर घिमिरे, बैद्दिक धर्म परिषदका केन्द्रीय उपाध्यक्ष नेत्रराज सिँह, महासचिब जागेस्वर शर्मा घिमिरे, साहित्यकार गँगानाथ कोईराला लगायतका बक्ताले पृथ्बी नारायण लाई सम्झिँदै उनको दिशा निर्देशन अनुसार चल्नुपर्ने बताए ।
स्वतन्त्र नागरिक समुहको य्राली लमही बजार परिक्रमा गरि सार्बजनिक बगैचामा आई कोणसभामा परिणत भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।