उपाध्यक्ष परियार माथि कार्वाही



सैघाली खबर
दाङ, २५ पुस । अनेरास्ववियु दाङका जिल्ला उपाध्यक्ष सर्जन परियार कार्वाहीमा परेका छन ।

संगठनका अध्यक्ष बिरबल खड्का माथि हातपात गरेको भन्दै संगठनले साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको छ ।

अनेरास्ववियुका जिल्ला अध्यक्ष बिरबल खड्काको अध्यक्षता एंव नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खड्काको प्रमुख आतिथ्यता तथा संगठनका जिल्ला ईन्चार्ज विनोद भण्डारीको विशिष्ट आतिथ्यताका मंगलवार तुलसीपुरमा सम्पन्न वैठकले उपाध्यक्ष परियारलाई कार्वाही गर्ने निर्णय गरेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्