शुसिला वंली
दाङ,२५ पुस । हेल्प नेपाल कन्सलटेन्सी प्रथम वार्षिक उत्सव मंगलवार सम्पन्न भएको छ । कन्सलटेन्सीका प्रवन्धक प्रेमराज तामाङको अध्यक्षता तथा डिस्प्ले डिपार्ट प्रमुख गोविन्द दाहालको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वोल्ने वक्ताहरुले यस कन्सल्टेन्सीले स्वरोजगारलाई प्रर्वद्धन कार्यक्रम थालनी गरेको बताएका थिए ।
विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । कन्सलटेन्सीको दाङ सहित पूर्वी र पश्चिम नेपालमा शाखा विस्तार संगै सीप विकास र आत्र्मनिर्भरताको बाटा देखाउदै लगिरहेको बताएका थिए ।
कार्यक्रममा युवराज नेपाली , देवराज वंली , युव राज विष्ट लगाएतकाले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न प्रतिभा पनि प्रस्तुत गरीएको थियो भने कार्यक्रमको सहजिकरण श्यामबहादुर मगरले गर्नुभएको थियो ।।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।