होटेल पौवाले ग्राहकलाई माघि विशेष स्वाद चखाउने



टेकबहादुर पुन
पुष२८,दाङ । माघे संक्रान्तिलाई लक्षीत गर्दै होटल पौवाले आफ्ना सबै शाखाहरुबाट माघीको परिकार खुवाउने भएको छ ।
दाङको लमही रातोडाँडा स्थित पौवा होटेलले पनि आफ्ना ग्राहक हरुका लागि माघि परिकार खुवाउने भएको हो । आगामी माघ १ गते माघे संक्रान्तिका दिन पौवाका हरेक शाखाहरुमा माघीका दिन परम्परा देखि खाईंदै आएको परिकारहरु ग्राहकहरुका लागि निशुल्क खुवाउन थालिएको होटल पौवा लमही ब्रान्चका म्यानेजर थानेस्वर भण्डारीले बताए । दाङको लमही र भालुबाङबाटग गरी होटेल पौवाले २ स्थानबाट सेवा दिँदै आईरहेको छ । भैरहवा, बुटवल, गोरुसिङे, भालुबाङ, लमही, जुम्ला, पाल्पा र गुल्मी रेसुङ्गा गरि पौवाले देशैभर ८ ठाउँबाट सेवा बिस्तार गरिरहेको छ ।

पौवा ग्रुपका अनुसार प्रत्यक पौवाका शाखाहरुले परम्परागत देखि खाँदै आएको परिकार ग्राहकहरुलाई खुवाउन लागेको हो । थारु समुदायमा माघीको प्रमुख परिकार ढिक्री, माछाको अचार, खिचडी, तरुल, सखरखण्ड सबै शाखाहरुमा उपलब्ध हुनेछन् भने मगर समुदायको बाहुल्यता क्षेत्रमा माघी स्पेशल सेलरोटी र लोकल अचार पनि ग्राहकका लागि उपलब्ध हुने होटेल पौवाले जनाएको छ ।

परम्परालाई निरन्तरता दिन र नेपाली संस्कृतिको जगेर्ना गर्न चाड अनुसारको स्वाद कार्यक्रम अगाडी ल्याईएको होटल पौवाका प्रमुख संचालन अधिकृत कृष्ण गौतमले बताए ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी भालुबाङमा फागुन महिना सम्ममा सुबिधा सम्पन्न होटल संचालनमा ल्याउने तयारीमा रहेको होटल पौवाका प्रबन्धनिर्देशक विष्णु ज्ञवालीले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्