अपराध

छात्रा माथि अभद्र व्यबहार गरेको आरोपमा प्राध्यापक पक्राउ

By Thah Online

January 12, 2021

पुष २८, काठमाडौँ । क्याम्पस बाटै यौन हिंसा गरेको आरोपमा प्राध्यापक पक्राउ परेका छन्। रत्न राज्य लक्ष्मी क्याम्पस (आर आर )एकजना प्राध्यापक पक्राउ परेका हुन्। आर आर क्याम्पसका प्राध्यापक ४५ बर्ष उमेर भएका बिष्णु प्रसाद आचार्य पक्राउ परेका हुन्।

उक्त क्याम्पसमा अध्यनरत एक छात्रालाई सामाजिक संजाल मार्फत यौन हिंसा गरेको आरोपमा प्रहरीले आचार्यलाई सोमबार कलेजब बाटै पक्राउ गरेको हो।

काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहका अनुसार आर आर क्याम्पसमा अध्यनरत एक छात्रालाई यौन हिंसा गरेको आरोपमा पक्राउ गरिएको बताएको छ। सिंहका अनुसार उनलाई नियन्त्रणमा लिई अभद्र व्यबहार सम्बन्धि कसुरमा म्याद थप गरि अनुसन्धान भैरहेको बताए।