रुन्टीगढी गाउँपािलकाकोे आठौँ गाउँसभा सम्पन्न,



पौष  रोल्पा रुन्टीगढी गाउँपालिकाको आठौँ गाउँ सभा सोमवार सम्पन्न भएको छ । रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको सभाध्यक्षमा सम्पन्न भएको गाउँसभामा उपाध्यक्ष छमायाँ पुन, प्रमुख प्रशासकिय अधिकृत वासुदेव भट्टराई लगायत सम्पुर्ण गाउँसभाका सदस्यहरुको उपस्थितीमा ३ वटा विधेयक पारित गरिएको हो । गाउँसभाका सदस्यसचिव एवं रुन्टीगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत वासुदेव भट्टराईले संचालन गर्नुभएको गाउँसभामा गाउँसभाका अध्यक्ष एवं रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले गाउँसभा समक्ष ४ वटा विषयवस्तु लाई छलफल को साथमा पारितको लागी अनुमती दिनुभएको थियो । रुन्टीगढी गाउँपालिका लगायत सम्वन्धीत वडा समितीमा,फोहरमैलाको रुपमा रहेको सिसाजन्य वस्तुको निर्यात,पालिकाबाट निर्यात गरिने विभिन्न वस्तुको कर लगायत ब्यवसायीहरुको सहजताकोलागी आवश्यक नितीनियमको शंशोधनको लागी विनियोजन विधेयक,आर्थिक विधेयक र वातावरण तथा प्राकृतिक संरक्षण ऐनलाई गाउँसभामा छलफल गरी सर्वसम्मत परित गरिएको हो । रुन्टीगढी गाउँपालिका अन्र्तगत वडाहरुको सिमा तथा नक्साको वारेमा १ महिना थप छलफल गर्ने जानकारी प्राप्त भएको छ । गाउँसभाका सम्पुर्ण सदस्यहरुले विषयगत रुपमा आठौँ गाउँसभामा आफ्नो मत प्रस्तुत गर्नुभएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्