राप्तीमा माघि मिलन कार्यक्रम



पुस २८, सिसहनियाँ (देउखुरी दाङ)

राप्ती गाउँपालिकामा माघि मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको छ ।
हिन्दुहरुको महान पर्व माघे संक्रान्ति तथा थारु समुदायमा मानिने माघी पर्वको अवसरमा गाउँपालिकाको कार्यलयको तर्फवाट सम्पुर्णमा शुभकामना प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको हो ।

राप्ती गाउँपालिका वडा नं ७ तथा शुगन्ध युवा क्लवले ब्यवस्थापन गरेको माघि मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रममा थारु संस्कृति झल्कने नाच, गीत, खानाका परिकार प्रस्तुत गरिएको थियो ।

सामाजिक विकास समिति संयोजक एवं वडा नं ७ का अध्यक्ष विद्याशरण चौधरीको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुपवेदिको अध्यक्षतामा भएको माघि मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रममा राष्टिय कलाकारहरुले थारु गीत संगीत समेत प्रस्तुत गर्नु भएको थियो ।

स्थानिय गीत संगीतको रक्षा तथा कला संस्कृतिको संरक्षण गर्दै आगामी पुस्तामा संस्कार हस्तान्तरण गर्नका लागि सहयोग पुराउने उदेश्यका साथ कार्यक्रममा पुराना थारु संस्कृति झल्कने भेस भुसा तथा गीत संगित प्रस्तुत गरिएको थियो ।

बड्का नाच, झुम्म्रा नाच, लट्ठीहवा नाच, धमार गीत, सोगिंया गीत प्रस्तुत गर्दै माघ महिनाको सास्कृतिक महत्व तथा थारु संस्कार सभ्यता झल्कने प्रस्तुति देखाईएको थियो ।

कार्यक्रममा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, वडा नं १ का वडा अध्यक्ष तारा बहादुर डिसी, नेपाली काग्रेशका दुयोर्धन पाण्डे, वन महासंघका हरि भुसाल, खानेपानीका शान्तराज शर्मा, राप्ती होमस्टेका प्रेमलाल चौधरी, शुगन्ध युवा क्लवका कमल चौधरी लगायतकाले शुभकामना ब्यक्त गर्दै सहभागी सम्पुर्णले एक आपसमा माघि पर्वको शुभकामना आदान प्रदान गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्