सैघाली खबर
काठमाण्डौ, २५ पुस । अपरान्ह तीन बजे नै बस्ने भनिएको एमाले–माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक एक घण्टा ढिलो गरी सुरु भएको छ। १७ असोजमा घोषणा गरिएको समितिको यो पहिलो बैठक हो।
बालकोटस्थित आफ्नो निवासमा एमाले–माओवादी केन्द्रका नेतालाई दायाँबायाँ राखेर ओली बीचमा बसेका छन्। ओलीको दायाँतर्फ एमाले नेताहरु छन् भने बायाँतर्फ माओवादी केन्द्रका नेताहरु छन्।
समितिमा एमालेको तर्फबाट ओलीका अलावा बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, बामदेव गौतम र ईश्वर पोखरेल सहभागी छन्। त्यसमध्ये पोखरेल समितिमा पछि थपिएका हुन्।
माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बरिष्ठ नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ छन्।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।