कविता : कोदो तोरी र आलसको तेल



अदालतमा विचाराधीन मुद्दामा नबोल्नु भन्छ।
आगामी चुनाव पछि काङ्ग्रेस ठूलो पार्टी बन्छ।।

कस्को मनको कुरा अब कसरी जान्नु ।
चुनाव स्विकार कि अस्विकार मान्नु!!

संविधानमा त्यस्तो कतै लेखिएको छ कि छैन।
आगामी वैशाखमा चुनाव हुने हो कि हैन।।

ए हजुर यो कुरो मेरो त पटक्कै नै छैन।
ठूला नेताले भाषणमा नभनेको पनि हैन।।

ए हजुर भाषण र रासनमा किन यति फरक।
आइस जमेर हुन्छ कि हुँदैन होला बरफ!

साच्चिकै चुनाव स्विकार गरेका नै पो हुन कि ?
बिरोधको लागि बिरोध मात्र गरेका छन् कि !

ए हजुर हामी छौ सडकमा अहिले है यता।
कामरेड किन तपाई चाहिँ बालुवाटार त्यता!

आउनुस कामरेड सगै बसेर फेरि छ्लाङ मारौं।
दुइटा वादको मही पारेर एकपटक घिउ निकालौ।।

चिसो घरमा लगेर एकपटक फेरि तताउ।
बालुवाटार र शितलनिवास कहिल्यै नहटाउ।।

हामी खान्छौ बिलौनी तपाई खानुस घिउ।
हामीले त मानेकै पो छौ नि त प्र म जिउ।।

आउनु होस अब त सगै बसेर निकालौ अर्गानिक वाद।
कति सोर्नु बुढेसकालमा बिदेशीको छाद।।

हामीलाई चाहिँ सडकको नियुक्ति दिने कामरेड ।
आफू चाहिँ बालुवाटारमा बसेर सधै खाने अमलेट।।

बिदेशीले हामीलाई जुटाए बिदेशीले नै फुटाए।
कोदो त तोरी उस्तै -उस्तै होइनन् भनि फेरि छुट्याए।।

कोदो र तोरीमा मिलाए फेरि नेपालको आलस।
सर्प मात्रै होइन कामरेट पालौ मिलेर सालक।।

संगठन छ्दै छ त कामरेड जबजको नाउँमा।
कोदो तोरी आलसको तेल लिएर सगै जाउ मत माग्न गाउँमा।।

जस्तो देखे त्यस्तै लेखे मैले त हजुर अहिले कविता।
कोदो तोरी,आलसको तेलमा पकाको रोटीमा होला कमि त!

धन्यवाद ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्