सामान्य विवादका कारण हदै सम्मको ज्यान जाने घटना



पुस २९, काठमाडौँ ।सामान्य बिबादमा नेपालीको लन्डनमा नेपालीको ज्यान गएको छ। सामान्य विवादका कारण लण्डनमा एक नेपालीको हत्या भएको हो।   लन्डनको इस्टकोट रेल्वे स्टेशन अगाडि आइतबार राति भएको उक्त घटनामा काठमाण्डौका करिब ४० वर्षीय विक्रम केसीको मृत्यु भएको हो ।

२१ बर्षीय युवासँग सामान्य विवादपछि कुटपिटको वातावरण सृजना भएको र कुटपिटको क्रममा घटनास्थलमै केसीको मृत्यु भएको थियो । एक रेष्टुरेन्टमा काम गरेर घर फर्किरहेका केसीको आफ्नो कोठा नजिकै हत्या भएको छ । केसी लन्डनमा आफ्नो श्रीमतीसंगै बस्ने गरेका थिए ।

घटनामा संलग्न एक २१ वर्षीय व्यक्तिलाई पक्राउ गरिएको छ । मृतक केसी भारत, कुवेत हुँदै सन् २००७ तिर लन्डन पुगेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्