डा.केसी विर अस्पतालमा



सैघाली खबर
काठमाण्डौ, २५ पुस । सर्वोच्च अदालतको अवहेला मुद्दामा पक्राउ परेका वरिष्ठ चिकित्सक डा। गोविन्द केसी वीर अस्पताल भर्ना भएका छन् । सर्वोच्च अदालतमा बयान दिएर निस्किएपछि महानगरीय प्रहरी प्रभाव सिंहदरबारमा पुर्याइएका केसीको स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालमा पुर्‍याइएको हो ।

प्रहरीले केसीलाई मंगलबार राति अस्पतालमै राख्ने भएको छ । केसीलाई अस्पतालको क्याबिनमा राखिएको छ। सोमबारदेखि नै स्वास्थ्य अवस्था कमजोर भएको बताएका केसीलाई मंगलबार दिनभर बयान लिएपछि अस्पताल पुर्‍याइएको हो ।

सर्वोच्च अदालतले आफ्नो अवहेलना मुद्दामा डा। केसीसँग मंगलबार बयान लिइएको हो। अवहेलना मुद्दामा पक्राउ गरी मंगलबार बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सोमबार आदेश दिइएपछि केसीलाई अदालत उपस्थित गराइएको थियो।

बुधबार न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशमा सुनुवाइ हुनेछ। प्रा डा केसीका पक्षबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता सुरेन्द्र भण्डारी र लेखनाथ न्यौपानेले बहस गर्दै छन्।

प्रा डा केसीले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका डीनमा प्रा डा शशि शर्मालाई पुनःबहाली गराउने अदालतको आइतबारको फैसलाको विरोधमा प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरी अनशन सुरु गरेका थिए। प्रहरीले केसीलाई सोमबार साँझ अनशनस्थल त्रिवि शिक्षण अस्पतालबाट पक्राउ गरी हिरासतमा राखेको थियो।

गोविन्द केसी १४ औँ पटक अनसनमा प्रधानन्यायाधीशको राजीनामा माग

डा. गोविन्द केसीलाई पक्राउ गर्न सर्वोच्चको आदेश

सर्वोच्च र गोविन्द केसीबीचको विवादमा कसले के भने ?

गोविन्द केसीलाई पक्रन आदेश दिँदा सर्वोच्चको तीब्र गतिु

डा. गोविन्द केसी अनसनस्थलबाटै पक्राउ

मेरो लडाइँ असल न्यायाधीशविरुद्ध होइनु

गोविन्द केसीले बयानमा भनेः न्यायालयप्रति उच्च सम्मान छ

केसी रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन

सर्वोच्चमा डा.केसीको प्रश्नः एसएलसी नगरेका कसरी प्रधानन्यायाधीश भए ?

केसीका मागमा अदालत नभागोस्, छानबिन गरोस्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्