सनराइज युथ सिरहा संजाल द्वारा ५० विपन्न परिवारलाई कम्वल वितरण



राजेन्द्र महतो
पुस २९ लहान ।सिरहाको गोलबजार नगरपालिका का विपन्न परिवारलाई न्यानो कम्वल बितरण गरिएको छ ।
गोलाबजार नगरपालिका वडा नं ७ धरमपुर स्थित
सनराइज युथ सिरहा संजाल ( SYSS) र मधेसी युवा एकता समाज सेवा ले ५० विपन्नलाई कम्बल वितरण गरिएको हो।
बृद्ध, गरिब तथा असायहरुलाइ जाडो छल्न न्यानो कम्बल बितरण गरिएकोे आयोजक सस्थाले जानकारी दिए ।
बितरण कार्यक्रममा मधेस युवा एकता समाज सेवा को अन्तर्राष्ट्रिय वोर्ड अध्यक्ष राम बाबू यादव , अन्तर्राष्ट्रिय कोसाद्य्यक्ष शम्भु कुमार अधिकारी , सदस्यहरु क्रमशः मनोज कु. यादव , सन्जय कु . यादव ,रन्जित कु साह र सन्जय कु यादब ,गोलबजार न.पा.वार्ड न ७ का वाडाअध्यक्ष जगत प्रसाद श्रेष्ठ , सनराइज युथ सिरहा सञ्जालकी सह संस्थापिका शोभा शाह लगायत अन्य सदस्यहरुको सहभागीता रहेका थिए।
लगातारको चीसोले जाडो भैइरहेको बेला सस्थाले जाडोमा कम्बल वितरण गरेपछि गोलबजार -७ धरमपुरका बिपन्न परिवार निकै खुसी भएका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्