सैघाली खबर
दाङ, २५ पुस । प्राविधिक शिक्षा अध्ययन अध्यापनकालागि श्री जनकल्याण माध्यमिक विद्यालय दुधरासमा माघ १८ गतेदेखि सुरु हुने ज्ञान महायज्ञको तयारी तीव्र पारिएको छ । जसमा टपरी देखी महायज्ञ व्यवस्थापन सम्मको सवै काम थालनी गरिएको छ ।
जनकल्याण माध्यमिक विद्यालय दुधरासमा डिप्लोमा तहको कक्षा सञ्चालनका लागि महायज्ञको तयारी तीव्रता दिइएको छ। २०७५ साउन महिनादेखि कक्षा सञ्चालनका लागि महायज्ञ आयोजना गर्न थालिएको महायज्ञ मुल आयोजक समितिका संयोजक देवराज विश्वकर्माले जानकारी दिनुभएको छ ।
कक्षा सञ्चालनका लागि तत्काल एक करोड आवश्यक रहेको समेत अध्यक्ष बिकले बताउनुभयो । महायज्ञको जानकारी दिनका लागि पौष २८ गते पत्रकार सम्मेलन आयोजना समेत गरिएको छ ।
पौष २८ गते बिहान १० बजे विद्यालयमै पत्रकार सम्मेलन आयोजना गरिने प्रचार प्रसार समितिका संयोजक राकेश बस्नेतले जानकारी दिनुभएको छ । महायज्ञको तयारीका लागि विद्यालयमा दैनिक पचास बढि महिलाहरु विभिन्न काममा समेत खटिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।