९ लाख बढी रकमसहित दुई पक्राउ



सिरहा, पुस २९ । प्रहरीले स्रोत नखुलेको ९ लाख भन्दा बढी रकमसहित सिरहाबाट दुई जनालाई पक्राउ गरेको छ।

बरियारपट्टी गाउँपालिका-१ कचनारीमा बरियारपट्टि गाउँपालिका-२ खोक्सीका ४० वर्षीय मोहमद सगिर मियाँ र २४ वर्षीय मेहदी मंसुरलाई नगद रकमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी शालिग्राम शर्माले बताउनुभयो ।

भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल सवार उनीहरुलाई चेक गर्दा स्रोत नखुलेको ९ लाख ३९ हजार १५ रुपैयाँ बरामद भएको डीएसपी शर्माले जानकारी दिनुभयो ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्